कर्णाली प्रदेश सरकारलाई सेभ द चिल्ड्रेनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


२ जेठ, सुर्खेत । सेभ द चिल्ड्रेन मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई (कोभिड –१९ ) कोरोना भाईरसको संक्रमण रोक्न सघाउने उद्देश्यले व्यक्तिगत सुरक्षा सामग्री र अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण गरेका छ ।

कार्यालयले ८ सय ८० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरू ३ सय ७० थान डिस्पोजेवल एप्रोन, ३ सय ६२ थान एन ९५ मास्क, ३३ थान आईआर थर्मामिटर, १७५ जार हस्पीटल ग्रेड डिसईन्फेक्टेन्ट (५ लीटर), ७६ थान स्प्रे कन्टेनर, १०० थान बायोहजार्ड ब्याग, १९० थान प्रोटेक्टीभ गगल्स, र ४५५ थान कोभिड पोष्टर प्रदान गरेको हो ।

कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल बहादुर रावलले कोभिड १९ महामारीको एकदम अप्ठ्यारो समयमा सेभ द चिल्ड्रेनबाट भएको यस सहयोगको लागि प्रदेश सरकारको तर्फबाट धन्यवाद दिनुभयो । उहाँले यहि सहयोगको कारण कर्णालीलाई ग्रीन कर्णाली बनाउन सकेको बताउँदै कोभिड –१९ ग्लोबली क्राईसिसको रुपमा आएको र अबका आउने दिनहरू अझै चुनौतपिूर्ण रहेकोले सेभ द चिल्ड्रेनको थप सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

सेभ द चिल्ड्रेनले कोभिड १९ महामारीको योजनामा शुरुवात देखि गर्दै आएको सहयोगले प्रभावकारी योजना बनाउन मद्दत पुग्ने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले बताउनुभयो ।

सेभ द चिल्ड्रेनको प्राथमिकता कोभिड १९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय बिशेषगरी जोखिममा रहेका बालबालिकाहरूसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने रहेको सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक अरुण कान्त पौडेलले बताउनुभयो। उहाँले यस्तो महामारीको समयमा सेभ द चिल्ड्रेन सुर्खेतद्वारा हस्तान्तरण गरिने स्वास्थ्य सामाग्रीहरूले कर्णाली प्रदेश सरकार र बिभिन्न स्थानीय सरकारहरूलाइृ कोभिड १९ महामारीको प्रभावकारी रोकथाम, उपचार र व्यवस्थापनमा थप सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

सेभ द चिल्ड्रेनले मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालय मार्फत अस्पताल, स्वास्थ्य संस्था तथा क्वारेन्टाइन व्यवस्थापनका लागि अत्यावश्यक पर्ने सामग्रीहरू १० हजार थान सर्जिकल मास्क, ६० थान म्याट्रेस –बेड लगायत बिभिन्न किसीमका आधारभूत पिपिई तथा अन्य स्वास्थ्य सामग्रीहरू कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र कर्णली प्रदेश अन्तर्गतका १३ वटा पालिकालाई यस अघि नै उपलब्ध गराई सहयोग गरिसकेको छ ।