
४ जेठ, सुर्खेत । विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिई कोरोना सन्त्रास र लकडाउनले विश्व ठप्प भएको अवस्थामा, नेपालमा लकडाउन लागेको ५४औं दिन (शनिवार)मा नेपालकै राष्ट्रिय संरक्षित बन काँक्रेविहार जंगलको जन्तीशालमा केहि दिन अगाडि मृत भएर कुहिएको अवस्थामा ३ देखि ४ बर्षको जरायो फेला परेको थियो ।
जिल्ला वन कार्यालय सुर्खेतका अनुसार लकडाउनको अवधिभर तीन वटा जरायो गोलि लागेर मृत्यु भेटिएका छन् । यस अघि वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ स्थीत पातलगंगामा गोली लागेको जरायो मृत अवस्थामा फेला परेको थियो । लकडाउनकै अवधिमा दोस्रो पटक वीरेन्द्रनगर नगरपालिका वडा नं. १० मा पर्ने घुस्रा नजिकैको खेतबारीमा अर्को जरायो पनि मृत अवस्थामा भेटिएको थियो भने कोरोना सन्त्रास र लकडाउनकै विचमा शनिबार (हिजो) काँक्रेविहार भित्रै जन्तीशाल जंगलमा तेस्रो मृत अवस्थामा जरायो भेटिएको हो ।
लगातार गोली लागेर मृत्यु भएका तीन वटा जरायो भेटिएपछि गहन अनुसन्धान थालिएको छ । काँक्रेविहार वरिपरिकै मान्छेबाट बन्दुकको प्रयोग भएको हूँदा प्रहरी, प्रशासनको सहयोग लिएर सुस्म रुपमा अध्ययन, अनुसन्धान गरी दोषिमाथी कडा कारवाही गरिने प्रमुख जिल्ला वन अधिकृत गोविन्द दाहालले जानकारि दिनुभयो ।
मृत जरायोहरुलाई छाडि काँक्रेविहार जंगलमा भित्र अझै पनि १० देखि १५ जम्म जरायो रहेको बताइएको छ ।
संरक्षित वन काँक्रेविहारको वरिपरी तारबार नहुँदा जंगली जनावरहरु खुलमखुल्ला गाउँवस्तिमा समेत आउने गरेका छन् । काँक्रेविहारको तारबार नहुनु र वन रक्षकबाट नियमित गस्ती गराउन नसकिँदा बन्यजन्तु चोरीसिकारी र काठ चोरी तस्किरी देखिएको प्रमुख जिल्ला वन अधिकृत दाहाल बताउनुहुन्छ ।



Milan Shrestha । ४ जेष्ठ २०७७, आईतवार १९:२७ बजे