जेठ २० गतेसम्म लकडाउन थपियो


४ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) महामारीलाई रोकथाम र नियन्त्रण गर्नकालागि सरकारले यही जेठ २० गते सम्म लकडाउनको समय थप गरेको छ ।

आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले पहिलोपटक गतबर्ष चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक १ हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो ।

त्यसपछि पुनः निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो । त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो । पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो ।