जागिरे मानसिकताले कहिलै देश बन्दैनः मुख्यमन्त्री शाही


१ पौष, कालिकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समयको महत्व नबुझेकोले विकास नभएको बताउनुभएको छ ।
कालिकोट जिल्लामा आज सम्पन्न चौमासिक कार्य सम्पादन समिक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
वास्तवमा समयको महत्व नबुझेरै विकास नभएको हो । जागिरे मानसिकता कहिलै देश बन्दैन । नेपाल चलिरहेका दुइवटा सता राजनैतिक र कर्मचारी दुबैले समयको महत्व बुझ्न नितान्त जरुरी छ । मु्ख्यमन्त्री शाहीले भन्नुभयो ।
अब सरकारलाइ नतिजा चाहिएको छ । आजका दिनदेखि तपाईहरुको मनमस्तिक बदल्नुस र आजै भन्नुस त्यसको विकल्प सरकारले सोच्छ यो चौमासिकमा कम्तीमा पनि ४५ प्रतिशत बजेट खर्च गर्नसक्नुपर्छ  त्यसैले कामको तालिका बनाएर सम्बन्धित मन्त्रालय र मुख्य मन्त्रालयमा पठाउनुस । हुन्छ हुन्छ गरिरहेका छौ भनिरहनु पर्दैन । मुख्यमन्त्री भन्नुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो ।  तिन किसिमका लिष्ट बनाउनुस अहिलेको बजेटले सम्पन्न हुन सक्ने र नसक्ने थप बजेटको व्यवस्था गर्नुपर्ने कती लगानी लाग्छ स्टिमेट गर्नुस र पठाउनुस हाम्रो तर्फबाट चाल्नुपर्ने पहल हामी गर्छौ ।  रकामान्तर गरेर भएपनि काम गर्छौ त्यसकालागि चिन्ता नलिनुस बजेटको बारेमा हामी सोच्छौ ।