कालिकोट, २७ पुस ।
फुकोट गाविसमा माटो लिन गएकी फुकोट–४ की गोमा धमलाको ढिस्काले पुरिएर आज दिउँसो ज्यान गएको छ ।
स्युना र फुकोट गाविसका बीचमा पर्ने गैरीमा माटो खन्ने क्रममा ढिस्को खसेको स्थानीयवासी तोयानाथ न्यौपानले बताउनुभयो । यसअघि सोही ठाउँमा माटो खन्ने क्रममा पाँच जनाको मृत्यु भइसकेको बताइएको छ । रासस

Milan Shrestha । २८ पुष २०७२, मंगलवार ०७:५९ बजे