
९ जेठ सुर्खेत,
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाइ जिल्ला प्रहरी कार्यालयमा पठाउनु भएको छ ।
विश्वभरी फैलीएको कोरोना भाइरस ( कोभिड-१९ ) ले आतंकित पारीरहेको बेला सबैका सामु चुनौती थपिएको छ सबैलाइ सुरक्षीत हुनकालागी आवहान गरीरहेको बेलामा आफ्नो सुरक्षामा खटिएका सुरक्षा कर्मीलाइ मेरो सुरक्षा गर्नु भन्दा अहिले कर्णालीका जनतालाइ सुरक्षा दिनु मुख्य कुरा भएकाले उहाँहरुको सुरक्षामा ध्यान दिनुहोस भन्दै सुरक्षा कर्मीलाइ जिल्ला प्रहरीकार्यालयमा पठाउनु भएको छ ।
उहाँले थप्नुभयो देश र जनताको सेवा गर्नु मेरो पहिलो कर्तव्य भएको र देश र जनताहरु नै असुरक्षित भइरहेकोबेला म मात्रै सुरक्षाको घेरामा बस्नु त्यती सोभनिय नभएका कारण सो कदम चालेको हुँ , म भन्दा पनि कर्णालीका बस्तीमा भएका जनताहरुलाइ स्वास्थ्य, शिक्षा, शान्ति सरक्षामा ध्यान पुर्याउनु, मलाइ गुन लगाउने जनताहरुलाइ गुनको पैंचो तिर्नु पहिलो कर्तव्य हो ।

कर्णाली पर्देशको राजधानी पनि जोखिममा रहेको सबैलाइ थाहा नै छ यहाँको चोक चोक गल्ली गल्लीमा भइरहेको लकडाउन उलङ्घनका तस्बिरहरु सामाजिक संजालबाट सार्बजानिक हुने समाचारहरु प्रकाशन प्रशारण हुनुले पनि त्यस तर्फ ध्यान केन्द्रित भयो मलाइ लाग्यो मैले त्यो सुरक्षा फौजलाइ यतैतिर होल्ड गरेर राख्नुभन्दा जिल्ला प्रहरी कार्यालयमा पठाए भने केही राहत हुने भएकाले प्र.ना.नि. पदम बहादुर रोकायाको नेतृत्वमा रहेको १० जनाको टोली हिजो ८ गतेकादिन देखि लकडाउनको अवधि भरकालागी जिल्ला प्रहरी कार्यालय मा पठाइएको जनाउनुभएको छ ।



Milan Shrestha । ९ जेष्ठ २०७७, शुक्रबार २२:२६ बजे