७० वर्ष कटेका बृद्ध बृद्धाहरुलाई सम्मान


मौसम कुमार
चैत्र १६, दैलेख ।

दैलेखको भगवतीमाई गाउँपालिकाका बृद्ध बृद्धा सम्मानीत भएकाछन् । अध्यक्ष दानवहादुर थापा सहितको टोली भगवतीमाई गाउँपालिका वडा नं. ६ मा भत्ता बितरणे कार्यक्रम मै पुगी ७० वर्ष कटेका बृद्धबृद्धाहरुलाई दौरा सुरुवाल, उनिको चोली र घरेलु धोती दिएर सम्मान गरेका हुन् ।

नेपाली पोशाक पाउँदा स्थानिय वृद्धहरु पनि खुशीले गद्गद देखीन्थे र भने यो स्थानिय सरकारले हाम्रा लागि ठिकै गरेको छ । भगवतीमाई ५, ६ का २ सय ४९ जना बृद्धबृद्धा र अपाङग जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तगत उक्त पोशाक वितरण गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । उक्त गाउँपालिका भरी रहेका ७ सय १३ जना भन्दा वढि बृद्धबृद्धाहरुलाई कार्यालयमै पुगी भत्ताको साथै पोशाक वितरण कार्यक्रम गर्ने पनि अध्यक्ष थापाले जानकारी दिनभयो ।