कर्णालीमा कोरोना संक्रमण तिब्रगतिमा, संक्रमित संख्या १०५ पुग्यो १ को मृत्यु (अपडेट)


१७ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) यतिवेला कर्णाली प्रदेशमा तिब्रगतिमा फैलिरहेको छ । आज साँझ सम्म ७८ जनामा संक्रमित भएको कोरोना अहिले थप २७ जनामा संक्रमण भएको छ ।

कर्णालीको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल कालागाँउ र पशु रोग अन्वेशषण प्रयोगशालामा गरिएको परिक्षणमा थप २७ जनामा कोरोना भारसको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट १ जनाको कर्णालीमा मृत्यु समेत भएको छ ।