व्यापारी अपहरण गर्ने पूजासहित तीन जना पक्राउ


दाङ । तुलसीपुर उपमहानगरपालिका ५, बसपार्कका ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठको अपहरणमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका मुख्य योजनाकार मानिएकाkidnaypper0 झिम्पे ४, सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर २ घर भई हाल तुलसीपुर ६ बस्ने ४० वर्षीय निर्मल भनिने टीकाराम घर्ती र उनकी १७ वर्षीया छोरी पूजा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए । पूजाले फोन गरेर व्यवसायीलाई बोलाएको र अन्य व्यक्तिहरुले अपहरण गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विशेष प्रहरी टोलीले नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको र यसबारे बिस्तृत विवरण मंगलबार बेलुका ५ बजे तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिने उनले बताए । प्रहरीले फरार अभियुक्तबारे सूचना दिनेको नाम गोप्य राखी एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो । जेठ २६ गते राति अपहरित श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा २१ दिनपछि मृत फेला परेका थिए ।साभारः पश्चिम नेपाल ।