
२९ पौष, सुर्खेत । गएराती कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन मै नआएको नवनिर्मित बसपार्क तोडफोड भएको छ ।
राती करिब साढे १२ बजे तिर तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सई ढुण्डीराज अधिकारीले जानकारी दिनुभयो ।
घटनास्थलमा केही रगतका दागहरु देखिएकाछन् हामी अनुसन्धानको क्रममा छौ सई अधिकारीले भन्नुभयो ।
स्मरण रहोस केही दिन अघी नगरपालिकाले पूर्व सहमतिको पालना नगरेको भन्दै ती ५४ व्यवसायीले उच्च अदालत सुर्खेतमा बोलपत्र प्रक्रिया रद्द गर्न रिट दायर गरेपछि उच्च अदालतले वीरेन्द्रनगर नगरपालिकालाई बस पार्क व्यवस्थापन प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरे संगै नवनिर्मित बसपार्क सञ्चालनमा अन्न्यौलता छाएको छ ।
Milan Shrestha । २९ पुष २०७६, मंगलवार १५:०२ बजे