बुलबुले उद्यान बृहत सरसफाई अभियान शुरु (भिडियोसहित)


२ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित प्रमुख पर्यटकिय स्थलहरुमा मध्यको बुलबुले उद्यान आज सरसफाई गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजना र विभिन्न संघसस्थाहरुको समन्वयमा बृहत सरसफाई अभियान कार्यक्रम आजबाट शुरु गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुखअतिथी सुर्खेतको प्रदेश सभा २ क का नवनिर्वाचित सभासद यामलाल कँडेलले दिनप्रतिदिन परिस्थिति बदलिएको अवस्था भएको सरोकारवाला निकायले बुलबुले ताललाई दिर्घकालिन रुपमा रमणीय आकर्षक बनाउनकालागि विगतका कमी कमजोरीबाट पाठ सिकेर काम गर्न तर्फ लाग्न जोड दिनुभयो ।

त्यस्तै नगरप्रमुख मोहनमाया ढकाल बुलबुले ताल प्रदेश कै गौरवको पर्यटकिय क्षेत्र रहेकोले यस्लाई आर्थिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने भएकोले यो अभियान शुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो यहाँ फोहोर भएछ भनेर टिकाटिप्पणी गर्नुभन्दा पनि यहाँको फोहोर मैले सफा गरे तपाई छुट्नु भयो ? हाम्रो नगर हामी सफा गरौंन भन्ने अभियान शुरु गर्न आग्रह गर्दछु ।