२३ जेठ, सुर्खेत । कर्णाली प्रदेशको दैलेख जिल्ला कोरोना संक्रमित अत्याधिक पुष्टी भएसंगै स्थानीय प्रशासनले जिल्लाको नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले नारायण र दुल्लु नगरपालिकामा आज साँझ शुक्रबार ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
दैलेख जिल्लामा समुदायमा कोरोना भाइरसक कोभिड-१९ महामारी फैलिन नदिन तथा रोकथामकालागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताउनुभयो ।
भारतीय सिमानाकाबाट मानिसहरु घर फर्किन पाए संगै कर्णाली प्रदेशमा तिब्रगतिमा कोभिड-१९ को संक्रमण बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ । निषेधाज्ञाको वेला प्रशासनले घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ यदी निस्किएको पाइएकमा कानुन अनुसार कारवाही गर्ने जनाएको छ ।



Prawash Kumar Shakya । २३ जेष्ठ २०७७, शुक्रबार १६:१० बजे