२४ जेठ, सुर्खेत । कर्णालीमा कोरोना भाइरस कोभिड-१९ को रफ्तार तिब्रगतिमा ढीरहेको वेला फेरी १ जनाको मृत्यु भएको छ ।
जगदुल्ला गाँउपालिका ३ डोल्पा स्थायी घर भै अस्थायी रुप सुर्खेतमा बसोबास गर्दै आउनुभएका ५८ बर्षका पुरुषको होम क्वारेन्टाइनमा मृत्यु भएको हो । २० गते मृत्यु हुनुभएका निजको स्वाव परिक्षणमा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
भौगोलिक विकटताको कारण स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गरि कन्ट्याक्ट ट्रेसिङ्ग गरिरहेको बताइएको छ ।




Prawash Kumar Shakya । २४ जेष्ठ २०७७, शनिबार १४:२५ बजे