
२१ असार, जाजरकोट, नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो ३६औं शाखा जाजरकोटमा स्थापना गरेको छ ।
जाजरकोट खलंगामा आयोजित एक भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट जिल्ला शाखाको अध्यक्षमा स्वजन शाक्यलाई चयन गरेको छ । त्यस्तै भेलाले उपाध्यक्ष अनिश कार्की, सचिव प्रेम बिश्वकर्मा, कोषाध्यक्ष पार्वती घर्तीमगरलाई चयन गरेको छ । सदस्यहरू क्रमशः खम्बजंग शाह, विशाल चन्द, प्रतिमा के सी, शर्मिला रोकाय, शारदा थापा, दीपक वि.के.,छवि पन्त, शहदेव बस्नेत र प्रकाश सिंहलाई चयन गरेको छ भने सल्लाहकारहरुमा सीता जैसी, राजेन्द्र बिक्रम शाह, हरिबहादुर बस्नेत, राम चाया शाही, धर्मशीला बस्नेत, हरिकला जैशी, भक्तबहादुर मल्ल, दीपबहादुर घर्ती र कृष्ण थापा रहनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी राजकुमार महतोको प्रमुख आतिथ्यता रहेको उक्त भेलामा बिशेष अतिथि भेरी नगरपालिकाका उपप्रमुख सीता जैशी र अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं बर्दिया जिल्ला शाखा अध्यक्ष प्रेमप्रसाद लम्साल रहनुभएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजको प्रमुख माग रगत र रक्ततत्व सरकार निशुल्क गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला सभापति हरिबहादुर बस्नेतले गर्नुभएको थियो ।




Prawash Kumar Shakya । २१ असार २०८०, बिहीबार १९:५३ बजे