डिउटीमा खटिएका सुरक्षाकर्मिहरुलाई खाजा र पानी


मिलन श्रेष्ठ
२३,जेठ सुर्खेत । बीरेन्द्रनगर नगरपालिका वडा न ९ स्थीत बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले डिउटिमा खटिएका सुरक्षाकर्मिहरुलाई खाजा र पानी बितरण गरेको छन् ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अहिले सबै तिर बन्द भएको छ, जसका कारण होटल–पसल नखुलेकाले डिउटीमा खटिएका सुरक्षाकर्मिहरुलाई पानी र खाजा बितरण गरिएको हो ।

देशमा लकडाउन शुरु भएदेखि विभिन्न समयमा व्यक्ति, संघ–संस्थाहरुले डिउटीमा रहनु भएको सुरक्षाकर्मिहरुलाई खाजा बितरण गरेता पनि पछिल्लो केहि दिन यता यस क्षेत्रमा बर्षा नभई गर्मिमा अत्याधिक बृद्धि भएपछि आज वीेरेन्द्रनगर–९ सुर्खेतको अस्थाई प्रहरी पोष्टमा रहि डिउटीमा खटिनु भएका सुरक्षाकर्मिहरुलाई पानी , बिस्कुट र चाउचार बितरण गरिएको सहकारीका सचिव पासाङ्ग महतराले बताउनु भयो ।

महतराका अनुशार यस्तो विपद्को समयमा सहयोग गर्नु आम नागरिकको पनि दायित्व भएकाले खाजा र पानी बितरण गरको हौ । ।