४८ जनालाई सेनाले निर्माण गरेको क्वारेन्टाइनमा सारियो


१५ चैत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज विद्यालय र होस्टेलमा क्वारेन्टाइन बनाइ राखिएका ४८ जनालाई वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले निर्माण गरेको ४ सय बेड क्वारेन्टाइनमा सारिएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेका अनुसार जन नमुना माध्यमिक विद्यालय र  अन्तर निर्भर समाजको होस्टेल राखिएकाहरुलाई सेनाले निर्माण गरेको क्वारेन्टाइनमा सारिएको हो ।  त्यस्तै अशोका होटेलमा राखिएकाहरुलाई भोली आइतवार सारिने वाग्ले बताउनुभयो ।

खुलामञ्चको क्वारेन्टाइन सम्म लैजानकालागि सुर्खेत काँक्रेविहार यातायात प्रा‌.लि.ले निशुल्क बस सेवा प्रदान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना विरुद्धको रोकथाम अभियानमा बस सेवा दिन पाएकोमा गर्वको महसुस भएको प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले बताउनुभयो