कर्णालीमा थप ५४ कोरोना संक्रमित पुष्टी, नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो (अपडेट)


२५ जेठ, सुर्खेत । कर्णालीमा तिब्र रफ्तारमा बढी रहेको कोरोनाका संक्रममितहरु आज थप ५४ जनामा संक्रमण पुष्टि भएको छ भने आज नेपालमा संक्रमितहरूको संख्या २ सय १३ जना पुगेको छ

कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै र्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ । नेपालमा संक्रमितहरूको संख्या ३४४८ जना पुगेको छ