साझेदार बिना विकास सम्भव छैन–मन्त्री रावल


असोज २२, सुर्खेत ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गुणात्मक शिक्षाको खाँचो औंल्याउनु भएको छ । विकास र समृद्धि एक्लै सम्भव नहुने भन्दै मन्त्री रावलले साझेदारीको समेत खाँचो औंल्याउनु भएको हो ।

कोपिला भ्याली सेवा समाज सुर्खेतको ११ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री रावलले कोपीला भ्यालीले गरेको सहनिय कामको प्रशंसा गर्दै आगामि दिनमा अनाथ, टुहुरा, गरिब, बिपन्नहरुलाई गुणस्तरिय शिक्षा दिने कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

साधारण सभामा समाजका अध्यक्ष टोपबहादुर मल्लले नर्सरी देखि १२ सम्मको अध्ययन, वालगृह सञ्चालन, सिप विकास केन्द्र सञ्चालन, गाई, बाख्रा, कखुरा पालन, कृषि खेति लगायतका क्षेत्रमा संस्थाले काम गरिरहेको जानकारी दिनुभयो । प्रगति प्रतिबेदन प्रस्तुत् गर्दै अध्यक्ष मल्लले १ सय ७ जना कर्मचारीहरु कार्यरत रहेको र आगामी दिनमा पनि यसैगरि गुणस्तरिय शिक्षामा लागि पर्ने बताउनु भयो ।

संस्थाका कोषाध्यक्ष कृष्णबहादुर थापाले आ.ब. ०७४÷०७५ वास्तबिक आय, ब्यय र आ.ब. ०७५÷०७६ को अनुमानित आय, ब्यय बिबरण समेत प्रस्तुत् गर्नुभयो ।