३१ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतिमा फैलिरहैको कोरोना भाइरस कोभिड १९ बाट आज कर्णाली प्रदेशमा ७० जनामा संक्रमण भएको पुष्टी भएको छ । यो संगै कर्णालीमा संक्रमितहरुको संख्या ९१६ पुगेको छ ।
नयाँ संक्रमितहरु सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । त्यस्तै आज नै दैलेख अस्पतालबाट ५ र दुल्लु अस्पताल दैलेखबाट ४ जना निको भई डिस्चार्ज हुनुभएको छ । यो संगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ भने मृत्यु हुने ३ जना पुगेको छ ।



Prawash Kumar Shakya । ३१ जेष्ठ २०७७, शनिबार १४:३९ बजे