८ असार, सुर्खेत । कोरोनाको कहर यतिवेला कर्णालीमा तिब्ररफ्तारमा बढी रहेको अवस्थामा कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
अस्पतालमा कार्यरत १ जना रेडियोग्राफर र ४ जना प्रयोगशालाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको प्रदेश अस्पतालका फोकल पर्सन डा. के एन पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले विरामीको सम्पर्कमा आउनुभएका ४५ जना स्वास्थ्यकर्मीलाई आइशोलेसनमा राखेका थियौ चेकजाँच गर्दा ५ जनामा संक्रमण पुष्टी भयो ।”
डा. पौडेलका अनुसार दैलेखबाट आउनुभएका २ जना विरामीको नजिक भएर उपचारमा खटिएका रेडियोटग्राफर र प्रयोगशालाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टी भएको हो । डा. पौडेल भन्नुहुन्छ “हिजो भरखर दैलेख जिल्लाबाट आउनुभएका एकजना एपेन्डिसका विरामीमा समेत पोजेटिभ देखिएको छ । अहिलेको स्थितिमा स्वास्थ्य सेवा दिन निकै कठिन भएको छ ।”



Prawash Kumar Shakya । ८ असार २०७७, सोमबार ११:०५ बजे