
८ भाद्र, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण समुदायमा दिन प्रतिदिन बढ्दै गइरहेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा यही भाद्र १२ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।
यो निषेधाज्ञाको समयमा नागरिको सुरक्षाकालागि खटिएका प्रहरीहरुलाई सहयोग हो भन्ने हेतुले 993 Racing Team ले वीरेन्द्रनगरको सुरक्षामा खटिनुभएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री माक्स स्यानिटाइजर लगाएर खाजाको सहयोग गर्दै आइरहेको छ ।
रेसिङ्ग समूहले आज वीरेन्द्रनगरको कपासे तथा गोठीकाँडाको छेडामा रहेका सुरक्षाकर्मीहरुकालागि माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको समूहका एडमिन सन्तोष ब्रह्मशखाले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “हामी यूवापुस्ताहरुमा नयाँ केही गर्नुपर्छ भने सोच जागेर अहिले यो निषेधाज्ञाको समयमा सुरक्षाकर्मीहरुको योगदानलाई कदर गरेर यो कार्य गरेका हौं ।”




Prawash Kumar Shakya । ८ भाद्र २०७७, सोमबार २१:३६ बजे