एम्नेस्टीको संयोजकमा चन्द निर्वाचित


Seema-Chand

२७ असार । सुर्खेत । एम्नेस्टी इन्टरनेशनल नेपाल, लयर्स समूह ६९, सुर्खेतको संयोजकमा सीमा चन्द निर्वाचित भएकी छन् । लयर्स समूहको २३ औं वार्षिक साधारणसभाले चन्दको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

समूहको उप–संयोजकमा दिपक खनाल, सचिवमा हरिलाल खड्का, कोषाध्यक्षमा सुष्मा गिरी र सह–सचिव ज्योति पौडेल निर्वाएचित भएका छन् ।

यस्तै सदस्यहरुमा भने कविता खड्का केसी, निर्मला पाठक, राजनकुमार कँडेल र देवीचन्द्र पाण्डे छन् । एम्नेस्टी इन्टरनेसनल नेपाल, लयर्स समूह ६९, सुर्खेतका संयोजक देवेन्द्रकुमार सेजुवालको अध्यक्षतामा भएको कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपाल, लयर्स समूह ६९, सुर्खेतका संस्थापक संयोजक भानुभक्त भारती, सल्लाहकार चित्रबहादुर के.सी., समूह २ का संयोजक नारायणनाथ योगी, काँक्रेविहार युथ नेटवर्कका संयोजक सिर्जना जि.सी. लगायतका वक्ताहरुको उपस्थिती थियो ।