नेपालगञ्जमा दुलर्भ सुनगोहरो भेटियो


download
तस्वीरः गुगलबाट

नेपालगन्जः  जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालय परिसरमा दुर्लभ सुनगोहरो फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरीले सुनगोहरो हिडेको देखेपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी भीमकिरण बोगटीले जानकारी दिए।

उक्त सुनगोहरोको उद्धारपछि संरक्षणका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको उनले बताए। सुनगोहरो संरक्षित अति दुर्लभ जन्तु अन्तरगत पर्ने भएकोले बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको जिम्मा लगाइएको जिल्ला वन कार्यालय अधिकृत पुष्पराज बर्तौलाले जानकारी दिए।