एक दशकपछि सुर्खेत क्षेत्रीय अस्पताल नयाँ भवनमा


सुर्खेत, २४ जेठ ।
एक दशक लागेर आंशिक रुपमा तयार भएको सुर्खेत क्षेत्रीय अस्पतालको नयाँ भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गर्ने भएका छन् । लामो समय चर्चामा रहेको क्षेत्रीय अस्पताल आंशिक रुपमा निर्माणको काम पुरा भएको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको थिएन् ।पछिल्लो समयमा अस्पतालबाट दिने सेवा सुविधा सहज गराउन नयाँ भवनमा सञ्चालन गर्न लागिएको हो, तर अस्पतालमा आउने बहिरंग(ओपीडी) सेवा बाहेकका विरामीहरुलाई भने पुरानैhospita3
अस्पतालबाट सुविधा उपलब्ध हुने भएको छ । पहिलो चरणमा नयाँ भवनमा बहिरंग(ओपीडी) सेवा मात्रै सञ्चालन गरिएको छ ।
प्रधानमन्त्री आउने भएपछि हतार हतारमा अस्पातलको बहिरंग सेवालाई नयाँ भवनमा सारी उद्घाटन गरिने भएको छ भने सुर्खेत क्षेत्रीय अस्पतालको नयाँ भवन उद्घाटनकालागि प्रधानमन्त्री आउने भएपछि अस्पताल परिस सरसफाइ पनि गरिएको छ ।
अस्पतालको नयाँ भवनको माथिल्लो तला थप नुहँदासम्म ओपीडी सेवा बाहेक अन्य सुविधा पुरानै भवनबाट संचालन हुने मेडिकल रेर्कडर अधिकृत विनोद बस्नेतले जानकारी दिएका छन् । झण्डै दुई वर्षअघि हेण्डओभर गरिएको भवन अलपत्र अवस्थामा रहेपछि पुरानो भवनमा रहेको ओपीडी सेवालाई नयाँ भवनमा सारिएको अधिकृत बस्नेतले बताए ।
२५ जना स्वीकृत दरवन्दी रहेको सुर्खेत क्षेत्रीय अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सक रहेको मेडिकल रेकर्डर अधिकृत बस्नेतले बताए । उनले ८ जना मध्ये दुई जना विदामा रहेको र दुई जना काजमा रहेको जानकारी दिए ।

क्षेत्रीय अस्पतालमा दरवन्दी अनुसार ४ जना चिकित्सक मात्र कार्यरत रहेको मेडिकल रेकर्डर अधिकृत बस्नेतले बताए । उनले सरकारको छात्रवृत्ति पाएका चिकित्सकले दुई वर्ष सरकारी अस्पतालमा अनिवार्य सेवा दिनु पर्ने भएकाले ७ जना विशेषज्ञ चिकित्सकले क्षेत्रीय अस्पतालमा सेवा दिइरहेको बताए । यसैगरी आन्तरीक स्रोतबाट ३ जना र काजमा आएका ४ जना गरी अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा १६ जना चिकित्सक रहेका छन् ।
अस्पताल उद्घाटनका क्रममा प्रधानमन्त्रीसँग भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिसहित दरवन्दी अनुसार पदपूर्तिको मागसमेत क्षेत्रीय अस्पताल विकास समितिले गर्ने भएको छ । समितिले ४ वुँदे माग पत्र तयार गरिएको मेडिकल रेकर्डर अधिकृत बस्नेतले बताए ।
क्षेत्रीय अस्पतालमा ३ सय ५० वेडकालागि मेनेजमेन्ट एण्ड अर्गनाइजेसन सर्वे स्वीकृति, एनआइसीयू, आइसीयू र सिटी स्क्यान सञ्चालनकालागि आवश्यक जनशक्तिको व्यवस्था, नयाँ भवनको माथिल्लो तल्ला थपलगायतका माग गरिने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल विकास समितिका सदस्य पूर्ण पौडेलले अस्पतालको गुरुयोजना पारित गराउनका लागि राजनीतिक दवाव नपुगेको बताए । उनले समितिले दवाव दिइरहेपनि सफल हुन नसकेको कारण अन्तमा जनतासंग आउन आफूहरु बाध्य हुने जनाए ।

साभारः खबरइरा अनलाइन