भरतपुर अस्पतालमा महिलालाई निःशुल्क टिकट – मेयर दाहाल


Renu-Dahal

२२, साउन, चितवन । भरतपुर महानगरपालिकाको मेयरको पदभार सम्हाल्दै रेणु दाहालले भरतपुर अस्पतालमा आउने महिलाहरुलाई ओपीडी (बहिरंग) टिकट निःशुल्क गर्ने निर्णय गरेकी छिन् ।

साथै ६० बर्षभन्दा माथि उमेरका पुरुषहरुलाई पनि उपचारका लागि आउँदा टिकट शुल्क लाग्ने छैन ।

यो सेवा भरतपुर अस्पतालबाट पाइने छ । अस्पतालमा बहिरंग टिकट शूल्क ३० रुपैयाँ लिने गरिन्छ । भरतपुर महानगरपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी वाषिर्क ५९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अस्पतालबाट बाषिर्क १ लाख ८० हजार बिरामीले बहिरंग सेवा लिने गरेका छन् । त्यसमध्ये महिलाको संख्या १ लाख हुने गरेको छ ।

यस्तै उपमेयर पार्वती शाहले पदभार ग्रहण गरेपछि मातृ शिशु खोप विस्तार गर्ने निर्णय गरेकी छन् । गर्भवती महिला तथा शिशु बालबालिकालाई लगाइने विसिजी, डीपीटी, पोलियो विरुद्धका खोप विस्तार गर्ने गरी निर्णय उनले गरेकी छिन् ।

साभारः अनलाइनखबर