लकडाउनको अन्त्य, लामो दुरीका सवारी भाद्र १ बाट चल्ने


६ साउन, सुर्खेत । कोरोना भाइरस कोभिड १९ लाई रोकथाम र नियन्त्रण गर्न बर्ष चैत्र ११ गते बाट गरिएको लकडाउन आज मंगलवार राती १२ बजे देखि अन्त्य हुने  सरकारले जनाएको छ ।

मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य हुने जानकारी दिनुभएको हो ।

त्यस्तै यही साउन १५ गतेबाट होटलहरुपनि खुला गर्नपाइने छ भने भोजभतेर गर्न भने सरकारले बन्देज लगाएको छ । त्यसैगरि सरकारले लामो दुरीका सार्वजनिक सवारी साधनहरु भाद्र १ गतेबाट सञ्चालन गर्न अनुमति दिएको छ ।

लकडाउनलाई खुकलो पारेर निजी सवारी साधनमा लगाइएको जोरविजोर प्रणालीपनि सरकारले खारेज गरेको छ ।