
११ साउन, सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा स्थापित तनाव छ जिन्दगी फाउण्डेसनले आज मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ ।
तनाब छ जिन्दगी फाउन्डेसनले आफ्ना सदस्यहरुबाट नगद रु. २७,००० संकलन गरेर सहयोग गरेर मृगौला पिडित जितबहादुर गुरुङ्गलाई आर्थिक सहयोग गरेको फाउण्डेसनका अध्यक्ष सञ्जय योगीले जानकारी दिनुभयो ।
वीरेन्द्रनगर-१२ सुर्खेतका पहिलैबाट अपाङ्ग तथा राम्रो संग हिडडुल गर्न नसक्नुभएका जित बहादुर गुरुङको दुबै मिर्गौला फेल भएर बिगत लामो समय देखि उपचार गरि राख्नुग भएको छ । उपचारको क्रममा उहाँहरुको सबै पैसा सकिपछि पिरोली रहेको अवस्थामा सहयोगी हातहरु बढ्न थालेको छ ।
फाउण्डेसनले आफ्ना सदस्यहरु प्रिया मगर, सुमन मल्ल, गृस्मा शाही, सुनिता चपाइ, अर्चना शाहि, रमेश शाही, भानु रिजाल र कवि राज गिरि बाट सहयोग रकम संकलन गरेको हो ।
फाउण्डेसनले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको तनाव छ जिन्दगीका सञ्जय योगीले जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । ११ श्रावण २०७७, आईतवार २०:५० बजे