एकैदिनमा ४५१ कोरोनाका संक्रमित पुष्टी


१ असार, सुर्खेत । कोरोना भाइरसक कोभिड १९ को संक्रमण आज ४५१ मा पुष्टी भएको छ यो संगै अधिराज्यभर संक्रमितको संख्या ६२११ पुगेको छ ।

आज भएका संक्रमितहरुमा ४१६ जना पुरुष र ३५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्य कर्णालीमा ११० जना नयाँ पुष्टी भएको हो । यो संगै कर्णालीमा संक्रमितको संख्या १०७७ पुगेको छ ।

यसैवीच लेकवेशी नगरपालिका सुर्खेतले क्वारेनटाईन बसाई अवधी थप गरेको छ । यस भन्दा पहिला बाहिरवाट आएका नागरिकहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेपछी आरडीटी तथा पिसिआर गरि होम क्वारेन्टाईनमा पठाउने गरेकोमा अहिले ७ दिन थप गरि २१ दिन क्वारेन्टाईनमा राख्ने निर्णय गरिएको नगरपालिकाका सुचना अधिकारी केशर डाङ्गीले जानकारी दिनुभयो ।

१४ दिन क्वारेन्टाईमा राखी स्वास्थ चेकजाँच गरि घर पठाईएकाहरुमा स्वास्थ समस्या देखिन थालेको र क्वारेन्टाईनमा बसीरहेकाहरुलाई पनी संकास्पद स्वास्थ्य समस्या देखिन थाले पछी २१ दिन पुर्ण रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय गरिएको सुचना अधिकारी डाङ्गीले जानकारी बताउनुभयो ।