सडक सञ्जालमा जोडियो “अँधेरी गुफा”


२४ साउन, सुर्खेत । वीरेन्द्रनगर सुर्खेतको प्रमुख पर्यटकिय वडा ९ नं. वडामा रहेको अधेँरी गुफा सम्म जान सडकको काम निर्माण सम्पन्न भएको छ ।

गत असार १ गतेबाट वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले केहीबर्ष अगाडी वडामा फेला परेको अँधेरी गुफा सम्म पुग्नकोलागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक ट्रयाक खोल्ने कामको शुरुवात गरेको थियो ।

सडक निर्माण सम्पन्न कार्यक्रममा ९ नं वडाका अध्यक्ष सुरेश मान्नधरले भन्नुभयो । वडामा केही बर्ष अगाडी फेला परेको अँधेरी गुफामा जान पर्यटकहरुकोलागि सहज बाटो थिएन वडामा भेटिएको गुफाको पर्यटन प्रवर्धन गर्नकालागि सडकको निर्माण गरिएको हो । अब यो बर्ष अझै यो गुफा सम्म जानकालागि ट्रयाक खोलिएको सडकको स्तरन्नोति गरिने छ । साथै यो बाटोलाई वीरेन्द्रनगरको चक्रपथमा जोड्ने छौ ।

करिब ७ सय मिटर बाटोको ट्रयाक खोलिएपछि गुफा सम्म जान सहज भएको छ । अहिले मोटरसाइकल र अटो सम्म जान सक्ने गुफा संरक्षण समितिका अध्यक्ष किशन शाहीले जानकारी दिनुभयो ।

कार्यक्रममा ९ नं. वडाका वडासदस्य पुरनबहादुर शाही लगाएत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।