लाटिकोइलीमा रक्तदान कार्यक्रम सम्पन्न


२८ साउन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अर्को एउटा यूवाहरुको समूहले आज वीरेन्द्रनगर सुर्खेतको लाटिकोइलीमा रक्तदान कार्यक्रम गरेको छ ।

द रेस्पन्सिबल अड्स नेपालले आज कोभिड १९ को महामारीले सुर्खेतमा रगतको अभाव मध्यनजर गर्दै आज रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमको साथमा समूहले देशमा अहिले  यूवापुस्तामा निराशापनले गर्दा भैरहेको आत्महत्यालाई निरुत्साहन गर्नकालागि “किन बाच्ने ” विषयमा प्रशिक्षण पनि दिएको थियो ।

कार्यक्रममा सामाजिक अभियन्ता कुमार बहादुर ढकाल, डा सुशिल समदर्शी र सामुदायिक प्रहरीका अनिल ढकालले “किन बाच्ने” विषयमा यूवाहरुलाई प्रशिक्षण दिनुभएको कार्यक्रमका संयोजक कपिलनाथ योगी जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले आफ्नो वडामा यूवाहरुले गर्ने सबै सकारात्मक कार्यहरुमा वडाले सँधै साथ र सहयोग दिने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार के्न्द्र सुर्खेतको सहकार्यमा सम्पन्न कार्यक्रममा २ जना महिला र २० जना पुरुषले रक्तदान गर्नुभएको रक्तदान कार्यक्रमका संयोजक सुदिप विक्रम जिसीले जानकारी दिनुभयो ।