लायन्स शिवविहारको अध्यक्षमा श्रेष्ठ


22

सुर्खेत,  ९ भदौ । लाइन्स क्लव अफ सुर्खेत शिवविहारको अध्यक्षमा मिलन श्रेष्ठ चयन हुनु भएको छ । लाइन्स क्लव अफ सुर्खेत शिवविहारको बिहीबार भएको भेलाले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यस्तै, भेलाले प्रथम उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा प्रवेशमान मानन्धरलाई चयन गरिएको छ ।
२० सदस्यीय कार्य समितिको सचिवमा लवमान श्रेष्ठ र कोषाध्यक्षमा सुवास श्रेष्ठ चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष मिलन श्रेष्ठले आफ्नो पदभार ग्रहण गर्दै लाइन्स क्लव आफ सुर्खेत शिवविहारलाई सामाजिक सेवाको काममा थप क्रियाशिल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफुलाई अध्यक्षको जिम्मेवारीमा चयन गरेकोमा लायन्सहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । यस्तै, श्रेष्ठले लायन्स क्लव भनेको धनी तथा हुने खानेहरुको मात्रै संस्था भनी बाहीर गलत बुझाई रहेको स्पष्ट पार्नुभयो । उहाँले यसले सामाजिक सेवामा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिलेको समेत बताउनुभयो । उहाँले आफनो ज्ञान, सीप र क्षमताले भ्यायसम्म आफनो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने समेत प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
भेलाका प्रमुख अतिथि रिजन चियर पर्शन लायन्स कल्पना कार्कीले नयाँ गठित कार्यसमितिलाई बधाई दिँदै आफ्नो कार्यकाल सफलताको लागि शुभकामना दिनुभयो । यस्तै, उहाँले सुर्खेतमा सामाजिक कार्यका लागि लायन्समा आवद्ध हुने मध्ये महिलाहरुको पनि संख्यात्मक रुपमा बृद्धि भइरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
यसैगरी भेलका विशेष अतिथि जाने चियर पर्शन एमजेएफ लायन्स विजय पराजुलीले देशभरीमै लायन्स क्लवहरु विस्तार गर्ने कार्यमा सुर्खेत पहिलो भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनका लागि लायन्स क्लवमा आवद्ध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिला लायन्स क्लवप्रति आम मानिसको दृष्टिकोण फरक रहेपनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै छ ।”
नव गठित समितिमा शिक्षा निर्देशकको रुपमा लोकप्रसाद ढकाल, स्वास्थ्य निर्देशकमा दुर्गाप्रसाद श्रेष्ठ,IMG_4922 आर्थिक निर्देशकमा राजनप्रकाश शाक्य चयन भएका छन् ।  यसैगरी कयाविनेट सदस्यहरुमा लोकप्रसाद ढकाल, दलबहादुर खत्री, हरीविक्रम जिसी, विष्णुविक्रम जिसी, ईश्वर कुमार श्रेष्ठ, अजय कार्की, अम्मरबहादुर शाही, गोरख रावत र सुरेश मानन्धर चयन भएका छन् । कार्यक्रममा डिस्ट्रक अफिसरहरु लायन्स दिपककुमार पन्त, बसन्तकुमार रेग्मी, किशोरकुमार रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी कार्यक्रममा लायन्स क्लव अफ सुर्खेत, बुलबुलेका अध्यक्ष लायन्स नवराज गुरुङ्ग, सुर्खेत भ्यालीका प्रभात थापा, काँक्रेविहारका विन्दु नेपाल वीरेन्द्रनगरका खगिसरा शाही र सुर्खेत बुलबुलेका स्वास्थ्य निर्देशक लायन्स सिताकुमारी शर्मा लगायतको उपस्थिति रहेको थियो ।