२९ साउन, सुर्खेत । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको बैठकले यही भाद्र १ गते विहान ६ बजे देखि भाद्र ५ गते राती १२ बजे सम्म वीरेन्द्रनगरमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञा जारी गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि निषेधाज्ञा जारी गरिएको बताइएको छ । निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा विद्युत दरसञ्चार खानेपानी दुध फोहरमैला व्यवस्थापन ग्यास पेट्रोलियम पदार्थ औषधी तरकारी पसल जस्ता अतिआवश्किय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने जनाइएको छ ।
यसैवीच जिल्ला संकट व्यवस्थापन केन्द्रले अब कर्णाली प्रदेशमा आउँदा अनिवार्य पिसिआर रिपोर्ट पेश गर्नुपर्ने जनाएको छ । केन्द्रको बैठकले देश भित्रबाट आएका र भारतबाट आएका नेपाली नागरिकहरुलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने र प्रवेशका लागि कम्तीमा ३ दिन अगाडिको PCR REPORT अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । यो नियम भाद्र १ गते लागु हुने बताइएको छ ।
त्यस्तै रातीको समय कर्णाली प्रदेश पूर्णरुपमा बन्द हुने बताइएको छ । त्यस्तै जिल्लाबाट अतिआवश्यक सरकारी कामले जानुपर्दा र सो बाहिरी स्थानबाट भित्रिदा सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले समेत PCR TEST गर्नुपर्ने निर्णय केन्द्रले गरेको छ ।
संक्रमितको दर बढि रहेको अवस्थामा कुनै पनि धार्मिक र सांस्कृतिक पर्वका जात्रा मेला, नाचगान नगर्न नगराउन र अत्यावश्यक अवस्थामा १५ जनाले दुरी कायम गरेर गर्ने बाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने । निषेधित कार्य भए गरेको पाइएमा प्रभावकारी हस्तक्षेप समेत गर्ने ।




Prawash Kumar Shakya । २९ श्रावण २०७७, बिहीबार १९:०८ बजे