सामाजिक कार्यमा “993 Racing Team” (भिडियो सहित)


कुमारसम्शेर थापा

३१ साउन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यतिवेला यूवाहरुको विभिन्न समूहहरु विभिन्न सामाजिक कार्यमा संलग्न भएको पाइन्छ । यही विच यूवाहरुको समूह 993 Racing Team ले आज वीरेन्द्रनगरको धुलियाविट देखि बाँङ्गेसिमल सम्मको सडक खण्डको विभिन्न ठाउँहरुमा ट्राफिक संकेतको बोर्ड राखेको छ ।

हामीले जिल्ला ट्राफिक कार्यालय सुर्खेतको समन्वयमा वीरेन्द्रनगरको यो चारलेनको सडकमा धेरैजना बटुवाहरु सडक कसरी पार गर्ने अनी सडकमा कुन तर्फ हिड्ने जस्ता अन्यौलता देखेपछि त्यसको सहजताकालागि ट्राफिक चिन्हको बोर्ड राखेका हौ । समूहका एडमिन सन्तोष ब्रहम्मशखा भन्नुभयो ।

समूहमा करिब २५ जना यूवाहरुको जमात रहेको छ । समूहले समयमानुसार विभिन्न सामाजिक कार्य गर्दै आएको समूहका सदस्य शाहिल सिद्धिकीले जानकारी दिनुभयो । त्यस्तै समूहका अर्का यूवा दिनेश भूषाल भन्नुहुन्छ “हामी यूवाहरु सबैमिलेर करिब ५५ हजारको लागतमा आज ४४ वटा ट्राफिक संकेतका बोर्डहरु धुलियाविट देखि बाँङ्गेसिमल सम्म र वीरेन्द्रनगर बजारमा राखेका छौ । यस्मा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौ ।”