वीरेन्द्रनगरमा अब अतिआवश्कीय पसल १ समय मात्र खुल्ने


४ बैशाख, सुर्खेत । विश्वलाई आतंकित पार्दै द्रुतगतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत बजारका अतिआवश्कीय पसलहरु भोली शुक्रवार ५ गतेबाट विहान ११ देखि दिउसो १ बजे सम्म मात्र खोलिने भएको छ ।

केही दिन अगाडीबाट हामीले ग्राहकहरुलाई केही सजिलो होस भनेर प्रशासनको समन्वयमा दिनको दुई पटक गरे ५ घण्ट अतिआवश्यक बस्तुका पसल खोलिरहेका थियौ । तर भोली शुक्रवार ५ गते देखि विहान ११ बजेदेखि  दिउँसो ३ बजे सम्म मात्र अतिआवश्यक बस्तुका पसल खोल्ने निर्णय भएको छ । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले भन्नुभयो ।

हामीले सहजताकालागि भनेर २ समय अतिआवश्कीय पसल खोलेका थियो तर यो समयमा धेरै लकडाउनको उल्लंघन गरेको पाइएकाले यस्तो निर्णय गर्नु परेको हो । महामारीको यो समयमा सम्पूर्णलाई सजक तथा सचेत भएर मात्र अतिआवश्यकिय सामाग्री खरिद गर्नलाई मात्र अनुरोध गर्दछौ । साथै व्यावसायी साथीहरुलाई पनि सामाजिक दुरी कायम गरि व्यावसाय गरिदिनुहुन पनि अनुरोध गर्दछौ । महासचिव कँडेलले भन्नुभयो ।

स्मरण रहोस यसभन्दा अघी विहान ७ देखि ९ बजे सम्म र दिउँसो १ देखि ३ बजे सम्म अतिआवश्यकिय पसल सञ्चालन गरिएको थियो ।