गणतन्त्रको विकल्प समाजवाद हुनसक्छः मुख्यमन्त्री शर्मा

फोटो कृष्ण रोका

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प समाजवाद मात्र हुनसक्ने बताउनुभएको छ ।

कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १६औं गणतन्त्र दिवसमा मुख्यमन्त्री शर्माले ययस्तो बताउनुभएको हो । उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधीलाई संकेत गर्दै डाँडा कटाउने चेतावनी समेत दिनुभयो । मुख्यमन्त्रीले शर्माले जनतालाई जिस्क्याउने काम कसैले नगरोस् जनतालाई भ्रमित कसैले गर्न हुँदैन । देश अप्ठेरोमा परेको वेला सम्पूर्ण राजनैतिक दलहरु एकजुट भएको बताउँदै समृद्ध कर्णालीकोलागि आफू प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।

त्यस्तै कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेले पूर्व राजा ज्ञानेन्द्र शाहले तामझामका साथ हिड्नु भन्दा जनताको काम गर्न सक्छु भनेर पार्टी खोलेर राजनितिमा आउन चुनौती दिनुभयो । कुनै एउटा पार्टीको गल्तीले राजतन्त्रको स्थापना हुन सक्दैन । कँडेलले भन्नुभयो ।

फोटोः सुरेश आचार्य