विवेकशिल साझा पार्टी सुर्खेतको संयोजकमा रेग्मी


फोटो साभारः सेरोफेरो अनलाइन

भाद्र १० सुर्खेत । विवेकशिल साझा पार्टी सुर्खेतको संयोजकमा ओमदत्त रेग्मीलाई जिम्मेवारी दिइएको छ । विवेकशिल साझा पार्टी ६ नम्बर प्रदेशले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको जिल्ला संयोजक तथा प्रदेश सदस्य घोषणा कार्यक्रममा रेग्मीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

घोषणा कार्यक्रममा प्रदेश सदस्य समेत रेग्मीलाई नै तोकेको छ । रेग्मी तत्कालिन जिल्ला विकास समिति सुर्खेतका पुर्व वरिष्ठ इन्जिनियर समेत हुन् । कार्यक्रममा प्रदेश नम्बर ६ का संयोजक गेहेन्द्रप्रसाद दाहालले विवेकशिल साझा पार्टींले मात्र मुलुकको विकास गर्न सक्ने दावी गरेका छन् । उनले प्रदेशमा साझा पार्टीलाई पहिलो स्थानमा ल्याउन संगठन विस्तारको अभियानलाई तिव्रता दिएको जानकारी दिए ।

संयोजक रेग्मीले भने, ‘पृष्ठभूमी हेर्नुस् यो पार्टी अरु जस्तो हुदैन’

विवेकशिल साझा पार्टीको सुर्खेत संयोजकको जिम्मेवारी पाए लगत्तै ओमदत्त रेग्मीले आप्mनो पार्टी अरु जस्तो नहुने दावी गरेका छन् ।  विवेकशिल साझा पार्टी ६ नम्बर प्रदेशले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको जिल्ला संयोजक तथा प्रदेश सदस्य घोषणा कार्यक्रममा ए वान मिडिया संग कुराकानी गर्दै संयोजक रेग्मीले यस्तो वताएका हुन् ।

संक्षिप्त कुराकानीका क्रममा संयोजक रेग्मीले भने, ‘हाम्रा नेताहरुको पृष्ठभूमी हेर्नुस, यो पार्टी अरु जस्तो हुदैन ।’ केन्द्र र प्रदेशको चुनावको मुखमै जिल्ला संयोजकको जिम्मेवारी पाएको उल्लेख गर्दै रेग्मीले सवै तहमा आफँुहरुको उम्मेद्वारी घोषणा हुने र संगठन निर्माण शुन्यवाट शुरु गर्न थालेको भए पनि जनताले विश्वास गर्ने दावी गरे ।

विवेशशिल साझा पार्टीको ४ वटा स्तम्भ भनकै विधि, पारदर्शीता, इमान्दारिता र उत्कृठता भएकाले यसैका आधारमा आफँुहरु चल्ने रेग्मीको भनाई छ ।

साभारः एवानमिडिया अनलाइन