कर्णालीमा समुदायमा फैलिंदै कोरोना, वीरेन्द्रनगरमा ३० संक्रमित पुष्टी


१५ भाद्र, सुर्खेत । कोरोना भाइरसक कोभिड १९ को संक्रमण आज कर्णाली प्रदेशमा आज ४० जनामा पुष्टी भएको छ ।

४० जना नयाँ संक्रमित हरुमा सुर्खेतका ३७ जना र जुम्ला बाँके बैतडीका गरेर ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुर्खेतका संक्रमितहरुमा ३० जना वीरेन्द्रनगरका र अन्य गुर्भाकोट नगरपालिकाका ६ जना र १ जना चौकुनेका रहेको बताइएको हो ।

कर्णालीमा पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज हुनुभएको मन्त्रालयले जनाएको छ । आज देशभर संक्रमितको संख्या ८ सय ९९ जना रहेको छ । देशभर ११ हजार ४ सय ९० नब्बे परिक्षण गर्दा ८९९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।