
मिलन श्रेष्ठ
२८ भदौ सुर्खेत । मेची महाकाली विवाहित महिला समुहले आफ्नो बार्षिक उत्वसवको अवसरमा ब्लड क्यान्स पीडित बालकलाई आर्थिक सहयोग गरेको छ ।
पुर्ब दमक गोलटारका ५ बर्षका बालक बबिस अधिकारी जो ब्लड क्यान्सरबाट पिडित हुनुन्छ उहाँलाई नगद रु १७००० रकम को सहयोग गरिएको छ । पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका दिदी बहिनीहरु जो मेची महाकाली विवाहित महिला समुहमा आबद्ध हुनुहुन्छ उहांहरुले धेरै थोरै रकम संकल गरी सहयोग गरिएको समुहकी एडमिन गोमा सापकोटा उप्रेतीले जानकारी दिनुभयो ।
उप्रेतीका अनुशार उक्त सहयोग रकम सुर्खेत, मोरग र इटहरीका बुहारी समुह संकलन गरी पीडित कै घरमा गएर हस्तान्तरण गरिएको थियो ।
बार्षिक उत्वसकै अवसरमा मेची महाकाली बुहारी समुहको नाम परिवर्तन गरी मेची महाकाली विवाहित महिला समुह नामकारण गरिएको समुहकी एडमिन कमला श्रेष्ठले जानकारी दिनुभयो ।
Milan Shrestha । २८ भाद्र २०७७, आईतवार ०८:१६ बजे