सुर्खेतकी चेली श्रुतिले २ स्वर्ण जितेर रचिन ईतिहास, नेपाललाई ३ स्वर्ण सहित २ रजत पदक


२ वटा स्वर्ण जितेपछि खुशि व्यक्त गर्दे कार्कि ।

मिलन श्रेष्ठ

२३,मंसिर सुर्खेत । सुर्खेती चेली श्रुति कार्किले भारतको महाराष्ट्र राज्यको अमरावतीमा सोमबार(मंसिर २२ गते) भएको पावर लिफ्टिङ वल्र्ड कप–२०२० मा २ स्वर्ण पदक जित्न सफल हुनु भएको छ ।

यही मंसिर १९ गतेदेखि २२ गते (डिसेम्बर ४–७) सम्म संचालन भएको पावर लिफ्टिङ व्लर्ड कप–२०२० मा नेपालको तर्फबाट सहभागिता जनाउने एक्ली महिला समेत रहनु भएको थियो ।

सोमबार(हिजो) भएको फाइनल खेलमा नेपाल को प्रतीनिधित्व गर्नु भएको कर्णाली प्रदेश की बडिबील्डर खेलाडी स्रुती कार्कीले नेपालको झन्डा फहराउन सफल भई देशको लागी २ वटा गोल्ड मेडल जितेर राष्टिकै नाम राख्न सफल भएपश्चात, मिडवेस्र्टन फिटनेस सेन्टरका संचालक एवंम् प्रशिक्षक प्रमोद हमालले खुशि ब्यक्ति गर्दे भन्नु भयो कि, खेलकुद का पुर्बाधार भएको खण्डमा कर्णाली का खेलाडीहरू ले पनी पदक दिलाउन सक्छन भन्ने यो जलन्त उदाहरण हो । हाम्रो मिसन भनेको दशौं राष्ट्रिय खेलकुदमा समेत पदक हासिल गर्नु रहेकोले यसरी सुर्खेतले पनि बेला बेलामा अन्तराष्टिय स्तरमै प्रतिस्पर्धा गरि देशको नाम उच्च राख्ने खेलाडिहरु जन्माउने भएको हुदा प्रदेश सरकारको तर्फबाट पनि खेलकुदमा खुलेर लगानी गर्न आग्रह समेत गर्नुभयो ।

हमालले थप्नु भएको कि, बिगत ४ बर्ष देखि संचालन गर्दे आईरहेको सेन्टरले शाारिरिक तन्दुरुस्त(फिटनेश) राख्ने मात्र होईन, खेल क्षेत्रमा पनि  प्रतिस्पर्धा गराएर देशकै नाम राख्न सफल गराउने खेलाडि उत्पादन गरेकोमा खुशि व्यक्त गर्दे पुनः यसरी अन्तराष्ट्रिय पदक बिजेता खेलाडीहरुलाइ केन्द्रिय सरकार र प्रदेश सरकारले खेलाडी हरूको मनोबल उच्च बनाउन का लागी सम्मान सहित पुरस्कारको पनी ब्यवस्था गरोस् ।

भारतमा सञ्चालन हुने विश्व पावर लिफ्टिङ प्रतियोगितामा सहभागी जनाउनका लागि  यहि मंसिर १५ गते सोमबारका दिन श्रुति कार्की बिहान ७ बजेको बसबाट प्रस्थान गर्नु भएको थियो । कार्कि  १६ का दिन बुटवलबाट भारतको गोरखपुर हुदै प्रस्थान गर्नु भएको थियो भने यसरी कार्कि प्रतियोगितामा सहभागिता हुन जादा, आउदाको सबै खर्च मिडवेस्टर्न फिटनेस सेन्टरले व्यहोरेको छ ।

प्रतियोगितामा कर्णाली प्रदेश सुर्खेतकी सुत्रि कार्कि(५५केजी),गण्डकी प्रदेश पोखराका हसन गुरुङ(८०केजी), राजेश सुवाल (९०केजी), सुजन आले (७५केजी), आशीष आले (१००केजी) तौल सम्म प्रतिस्पर्धा गर्नु भएको थियो जस अन्तर्गत जुनीयर क्याटोगेरेटी १ र ओभलअलमा १ गोल्ड मेडल गरि जम्मा २ वटा स्वर्ण पदक स्रुती कार्कीले प्राप्त गर्न सफल हुनुभएको छ भने अजिस आलेमगरले १ स्वर्ण पदक हासिल गर्न सफल हुनुभएको छ । यसै गरि नेपालले सिनीयर क्याटोगेरेटी मा ३ वटा सिल्भर मेडल प्राप्त गरेको छ जस अन्तर्गत राजेश सुवालले १ र सुजन आले १ मेडल प्राप्त गर्नु भएको हो ।

प्रतियोगिता अवधि भर खेलाडिहरुको मनोवल बढाउनका लागि एसियन भाइस प्रेसीडेन्ट जिवन गिरी टिम कोच र केदारमान सिजापती टिम मेनेजर मा उपस्थित रहनु भएको थियो ।