नेपाल स्वयंसेवी रक्तदाता समाजको रसुवाको अध्यक्षमा गजुरेल चयन

रसुवामा प्रजातन्त्र दिवसको अवससरमा रक्तदान


०७ फागुन,नुवाकोट / नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाले नयाँ नेतृत्व चयन गर्दै  आफ्नो दाेश्राे अधिबेशन सम्पन्न गरेकाे छ । समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनकले अध्यक्षमा रामशरण गजुरेल (निशान), उपाध्यक्ष तारा कार्की अधिकारी, सचिव हेमनाथ खतिवडा, काेषाध्यक्ष सुमित्रा सापकोटा र सदस्यहरूमा क्रमशः सविना घिमिरे, प्रेमप्रसाद पौडेल, रामप्रसाद ढकाल, गोविन्द घिमिरे, उमेश डंगोल, बिराज तामाङ, हरि देवकोटा, भरत न्यौपाने र लालबहादुर आचार्यलाई चयन गरेको छ ।

त्यस्तै कार्यक्रममा गत माघ १५ गते नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाद्वारा १९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसकाे उपलक्ष्यमा आयाेजित अन्तर बिद्यालय निबन्ध प्रतियोगितामा बिजयीहरु प्रथम हुने सरु पुडासैनी, द्वितीय हुने शिवानी लामिछाने र तृतीय हुने एन्जल मगरलाई केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले नगद पुरस्कार सहित प्रशंसा-पत्र बितरण गर्नुभएको थियो ।

साथै आज नै प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका विद्यालय ५६ बाय्‌जका बिद्यार्थीहरूद्वारा संयुक्तरूपमा पाँचौ पटककाे रक्तदान कार्यक्रम पनि आयाेजना गरियो । जसमा महिला तथा पुरूष गरि जम्मा ८३ जनाले रक्तदान गर्नुभएको थियो । साे कार्यक्रमकाे उद्घाटन केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा कालिका गाउँ पालिका अध्यक्ष हरिकृष्ण देवकोटालाई रक्त संकलन थैली हस्तान्तरण गरेर गर्नुभएको थियो ।