गुर्भाकोट नगरपालिका कर्णाली प्रदेशकै पहिलो स्मार्टपालिका


२२ असोज, सुर्खेत । सूचना, संचार र प्रविधिको उच्चतम प्रयोग गर्दै जनताका सेवा सुविधा र जन गुनासोलाई प्रविधिसंग जोड्ने प्रयास गर्दै गुर्भाकोट नगरपालिकाले कर्णाली प्रदेशकै पहिलो नगरको रुपमा आफुलाई प्रस्तुत गरेको छ ।

स्मार्टपालिका प्रा.लि. काठमाण्डौंको प्राविधिक सहकार्यमा डिजिटल सुशासन प्रणाली तथा मोबाईल एप्स तयार गरि गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनलाई हस्तान्तरण तथा शुभारम्भ सम्पन्न भएको छ ।

देशका करिब ११० भन्दा बढि स्थानिय तहलाई प्रविधिमय बनाउदै नागरिकका सेवालाई घर बसि मोबाईलको प्रयोग गर्दै लिन सकिने प्रविधिको बिकास गरि कर्णाली प्रदेशमा पनि यो कार्य गर्न पाएकोमा अत्यन्तै खुसि लागेको स्मार्टपालिका जनसम्पर्क संयोजक राजानन्द माण्डव्यले बताउनुभयो।

स्मार्टपालिकाले बिगत १ बर्षको अथक प्रयासमा यो कार्यक्रम सम्पन्न गरि नगरपालिकाको जिम्मेवारि पुरा गरेको भन्दै स्मार्टपालिकाका अभियान निर्देशक विवश महतले सुशासन प्रणालि तथा मोबाईल एप्स प्रस्तुति संगै अन्तर्क्रीया गर्नुभएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर खत्रीका अनुसार नगरले पहिलो प्रविधिमय कदम चालेको छ, अबका दिनमा अझै उच्चतम प्रविधिको प्रयोग गरि गुर्भाकोट नगरपालिकाले जनताका सेवा सुबिधा मोबाईलको माध्यम बाट गर्ने मात्र नभै कर्माचारीलाई समेत प्रविधिमैत्री बनाउन तत्पर रहेको बताउनु भयो ।

नगरपालिकाले एक बर्षको प्रयासमा स्थानिय स्वयमसेवकको सहयोगमा पहिलो पटक डिजिटल घरधुरि तथ्यांक संकलन गरि पेपरलेस प्रणालिमा अघि बढ्ने प्रयास गरेकोमा आफु पनि खुसि रहेको सुचना प्रविधि अधिकृत नरेन्द्र कुमार बिकले जानकारीदिनुभयो ।

त्यस्तै नगरप्रमुख हस्त पुनले नगरपालिका प्रविधिको प्रयोग गर्न बल्ल पाईला टेक्दै छ, अझै अप्ठ्यारा बाटाहरु बाकीँ छन तरपनि जनतालाई सुचना र प्रविधिको प्रयोग गराउदै प्रविधिमैत्री सुशासन प्रणाली सहितका सेवा दिदै आगामि दिनमा आफ्नै डाटा सरवर, हरेक वडामा फ्री इन्टरनेट सहित नागरिक संग प्रत्यक्ष रुपमा जोडिने मात्र नभै नगरका आन्तरिक काम कारवाहि पनि अब प्रविधिमैत्री हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्मार्टपालिका सुर्खेत जिल्ला संयोजक कमल प्रसाद लामिछानेले गुर्भाकोट नगरपालिका सुरुवात हो तर हामि पुरै कर्णालि प्रदेशलाई प्रविधिमय बनाउदै सुशासन र सम्बृद्ध तर्फ अग्रसर बनाउनेमा तत्पर रहेको बताउनुभयो भन्नुभयो ।