१२ मंसीर, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्दै हिड्ने एकजनालाई आज पक्राउ गरेको छ ।
प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका ४ घर भै हाल वीरेन्द्रनगर ३ बस्ने २८ बर्षिय विलबहादुर धामीलाई “म प्रहरी हुँ ” भन्दै ठगी गर्दै हिडेको विषेश सूचनाका आधारमा प्रहरी निरिक्षक कनक शाहीको ११ जनाको कमाण्डले पक्राउ गरेको हो ।
प्रहरीले धामीको घरबाट रु १२ हजार नगद समेत बरामद गरेको जनाएको छ । धामीले प्रहरी संग आफू वन रक्षक भएको बताकोले अनुसन्धान भैरहेको जनाएको छ ।




Prawash Kumar Shakya । १२ मंसिर २०७७, शुक्रबार २०:३७ बजे