बुटवलको भारतीय सैनिक पेन्सन क्याम्पमा बम बिस्फोटन


 

भूतपूर्व भारतीय सैनिकहरूले पेन्सन बुझ्ने गरेको इन्डियन पेन्सन क्याम्पलाई लक्षित गरी आइतबार राति बम बिस्फोट गराइएको छ। बुटबल प्रहरीका अनुसार बुटवल नगरपालिका–२ स्थित क्याम्पमा राति साढे ९ बजे बम बिस्फोट गराइएको हो।

बिस्फोट ट्वाइलेटमा गराइएको र सामान्य क्षति भएको प्रहरीले जनाएको छ। बिस्फोटबाट ट्वाइलेटको ढोका भत्किएको र पर्खाल चर्चिएको जानकारी आएको प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलले बताए। ‘घटनास्थलतर्फ हामी जाँदैछौं,’ उनले भने, ‘विस्तृत रिपोर्ट आउन बाँकी छ।’

सोमबार विप्लव नेतृत्वको नेकपा माओवादीले बन्द आह्वान गरेको छ। बन्द सफल पार्ने लक्षित उद्देश्यले तर्साउन उसैले बिस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका छ।

साभारः सेतोपाटी ।