२९,मंसिर सुर्खेत । करिब एक दशक लामो अनुभव संहालेका अनुभवी इन्जिनियरहरुले गुणस्तरीय सेवा दिने उद्देश्यका साथ घरका लागि नक्सा बनाउनेदेखि निर्माण गर्नेसम्मका सबै काम एकै ठाउँबाट दिने जनाएका छन् ।
आइतबार वीरेन्द्रनगरमा रहेको आवास क्षेत्र नजिकै रंगशालाको पूर्वपट्टी युनिभर्सल डिजानिङ्ग एण्ड कन्सल्टेन्सी कार्यालयको उद्घाटन गर्दै युवा इन्जिनियरहरुले घर निर्माणका सम्पूर्ण कार्य अब एकै ठाउँबाट उपलब्ध हुने जनाएका हुन् ।
अनुभवी इन्जिनियर नरेन्द्र बुढाको सल्लाह तथा निर्देशनमा युवा इन्जिनियरहरु असिम गौतम, तारानाथ शर्मा र विकास जिसीले यो कार्यको शुरुवात गरेका हुन् ।
उनीहरुले आफूहरुले अहिलेसम्म गरेको अनुभवका आधारमा भूकम्प प्रतिरोधात्मक घरको नक्सा बनाउनेदेखि घर निर्माण गर्नेसम्मका सम्पूर्ण कार्य एउटै छानाबाट सर्वसुभम मूल्यमा उपलब्ध गराउने जनाए ।
रुपैयाँ भएर पनि घर निर्माण गर्न समय दिन नसक्ने उपभोक्ताहरुका लागि मध्यनजर गर्दै यस्तो खालको सेवा उपलब्ध गराउने इन्जिनियर असिम गौतमले नेपालगाथालाई बताए । उनले भने, ‘मानिसहरुसँग रुपैयाँ पनि छ गुणस्तरीय घर निर्माण गर्न पनि चाहन्छन् तर उनीहरुसँग समय नहुँदा भनेको जस्तो घर बनाउनका लागि समय छुट्याउन सक्दैनन् । त्यसैले हामीले उपभोक्ताको यो समस्यालाई बुझेर सबै प्रकारका सेवा एउटै छानाबाट दिने उद्देश्यका साथ कार्यालय खोलेका हौं ।’
इन्जिनियर तारानाथ शर्माले मानिसले रुपैयाँ पैसा भन्दा पनि गुणस्तरीय घर निर्माण गर्न चाहेकाले यस्तो सेवा दिन आवश्यक भएको बताए ।
इन्जिनियर विकास जिसीका अनुसार युनिभर्सल डिजानिङ्ग एण्ड कन्सल्टेन्सीले आवासीय तथा व्यापारिक भवन निर्माण गर्नुका साथै निशुल्क परामर्श पनि दिनेछ ।



Milan Shrestha । २९ मंसिर २०७७, सोमबार १९:१७ बजे