मुलुक तरुणमय बन्यो­ः महासचिव शाही


बिस्नप्रसाद न्यौपाने
कालिकोट जेठ ५ गते ।
नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीले मुलुक तरुणमय भएको बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति कालिकोटले आयोजना गरेको जिल्ला स्तरीय तरुण प्रशिक्षण कार्यक्रममा महासचिव शाहीले यस्तो बताएका हुन् ।
नेपाल तरुण दल कालिकोटका कार्यबाहक अध्यक्ष राजकुमार हमालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा प्रमूख अतिथि समेत रहेका महासचिव शाहीले शनिबार मुलुकका ७७ वटै जिल्लाहरुमा तरुण प्रशिक्षण कार्यक्रम संचालन भएकाले मुलुक नै तरुणमय भएको बताए । उनले मुलुभर संचालन गरिएको प्रशिक्षण कार्यक्रमले तरुण युवाहरुलाई नयाँ उर्जा र शक्ति प्राप्त भएको बताउदै उनले अब तरुण सशक्त भएर अगाडी बढ्ने बताए ।
उनले प्रशिक्षण मार्फत कालिकोटका युवा तरुणहरुलाई अनुशासन र पार्टीको बिचार, सिद्धान्तका बारेमा बताउदै काँग्रेस बलियो बनाउन तरुण सक्रिय हुने बताए । उनले अब तरुण युवाहरु सिर्जनात्मक र कर्मशील हुने दाबी पनि गरे । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्य समितिका सहसचिव दमनबहादुर शाही, पार्टी प्रवक्त नगेन्द्र बिष्ट, नेपाल महिला संघका सभापती भद्धा शाही, नेविसंघका अध्यक्ष नेत्र शाही, तरुण नेता सुमित्रा बम, नेविसंघका उपाध्यक्ष जगतजंग बिष्ट लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।