३० मंसीर, सुर्खेत । गत मंसीर २२ गते भारतको महाराष्ट्र राज्यको अमरावतीमा भएको अन्तराष्ट्रिय पावर लिफ्टिङ वल्ड कप–२०२० मा २ स्वर्ण पदक जित्न सफल सुर्खेती चेली श्रुती कार्कीलाई आज सुर्खेत जिल्ला खेलकूद विकास समितले सम्मान गरेको छ ।
श्रुतीलाई कर्णाली प्रदेशका मुख्यमन्त्रीका समन्वय विज्ञ झकबहादुर मल्लले सम्मान गर्दै अन्तराष्ट्रिय खेलमा २ स्वर्ण पदक जितेर इतिहास रचेको शुभकामना दिँदै इतिहास बनाउन सफल खेलाडीलाई प्रदेश सरकारले उचित पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।
त्यस्तै कार्यक्रममा श्रुती कार्कीका प्रशिक्षक मिडवेष्टर्न फिट्नेस सेन्टरका अध्यक्ष प्रमोद हमालको कामलाई पनि उच्च मुल्याङ्कन गर्दै कदर पत्र प्रदान गरिएको थियो ।



Prawash Kumar Shakya । ३० मंसिर २०७७, मंगलवार १९:५८ बजे