भाद्र १ गतेबाट सिटी बसपार्क सञ्चालन हुने


फोटोः गुगलबाट

९ साउन, सुर्खेत । निर्माण सम्पन्न भैसकेर पनि विवादमा परेर सुचारु नभएको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको शुरुवाती विन्दुमा रहेको सिटी बसपार्क आगामी भाद्र १ गतेबाट सञ्चालनमा आउने भएको छ ।

निर्माण सम्पन्न भएको करिब १ बर्ष पछि सिटी बसपार्क सञ्चालन आउन लागेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिका र पहिला बसपार्कमा व्यावसाय गरेका व्यासायीहरु वीच विवाद भएपछि बसपार्क सञ्चालनमा ढिलाई भएको थियो ।

बसपार्कमा पहिलाबाट नै व्यावसाय गरिरहेका व्यावसायीहरुलाई नगरपालिकाले सहमती अनुसार प्राथमिकता नदिएपछि व्यावसायीहरुले उच्च अदालतमा मुद्दा दायर गरेपछि बसपार्क सञ्चालनमा अन्योलता भएको थियो ।

दायर मुद्दामा उच्च अदालतले पुराना व्यावसायीहरुलाई प्राथमिकतामा दिँदै प्रतिष्पर्धाका आधारमा बसपार्क सञ्चालन गर्न सुनुवाइ गर्नु भन्ने आदेश पछि बसपार्क सञ्चालन गर्न बाटो खुलेको हो ।