
कर्णालीका आदिवासी जनजाति र दलित समुदायले आज कर्णाली प्रदेश सभा भवनको मुख्य गेटमा धर्ना दिएको छ । नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद र संयुक्त राजनितिक दलित संघर्ष समिति कर्णाली प्रदेशले संयुक्तरुपमा धर्ना कार्यक्रम गरेको हो ।
धर्ना कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटेले कर्णाली प्रदेश सरकारले आदिवासी जनजाति र दलितका ५/५ माग पूरा नगरेकाले धर्ना कार्यक्रम गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “यो आन्दोलनका मागलाई सम्वोधन नगरे हामी हाम्रो आन्दोलनलाई ससक्तरुपमा अगाडी बढाउने छौ ।” त्यस्तै संयुक्त राजनितिक दलित संघर्ष समितिका संयोजक बसन्त कुमार विकेले संविधानिक हकअधिकार प्राप्त गर्नकालागि पनि आन्दोलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो “कर्णाली सभाबाट पास भएका निजामति कर्मचारी सेवा ऐन र दलित विधयक अपुरो भएकोले आफुहरु आन्दोलन गर्न बाध्य भएका हौं । यस्कालागि हामीले बौद्धिक तवरबाट शान्तिपूर्ण आन्दोलनको शुरुवात गरेका छौं ।”
राज्यबाट जहिलेपनि दवाईएका आदिवासी जनजाति र दलितहरु मुलमर्म र भावना अनुसारको काम गर्न नसकेको संयोजक विकेले बताउनुभयो । सरकारले हाम्रो माग पुरा गर्न नसके हामी थप आन्दोलनका कार्यक्रम गर्नेछौ । विकेले भन्नुभयो ।
Prawash Kumar Shakya । १८ चैत्र २०८१, सोमबार १५:३९ बजे