घाममा बसेर सुन्तला खाने होइनः मुख्यमन्त्री शाही (भिडियोसहित)


फोटोः खेमबहादुर सिंहको फेसबुक

१ पौष, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्ना समन्वय प्रमुखहरुलाई काममा लाग्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री शाहीले गाउँगाउँमा गएर जाँदै जनताका बारेमा समस्या बुझेर समन्वय गर्न निर्देशन दिनुभएको हो । उहा‍ँले भन्नुभयो “तपाईहरु घाममा बसेर सुन्तला खाने होइन, बर्षमा एकपटक दशैं मनाउन गाउँ गए जस्तो होइन । आफ्नो जिम्मेवारी पुरा गर्न सकिदैन भने पदमा बसिरहन उचित हुँदैन ।”

पदमा रहेर जिम्मेवारी लिएर कोहीपनि घरमा सुत्न पाउँदैन । मुख्यमन्त्रीले भन्नुभयो । समन्वय प्रमुखको जिम्मा भनेको अनुगमन मुख्य कुरा हो । हरहरबखत काममा जानुपर्छ ।