मिलन श्रेष्ठ
२८ पौष, सुर्खेत । गएको यही पौष २४ गते सुर्खेतको छिन्चु बजारमा टिप्परको ठक्करबाट ज्यान गुमाउनुभएका ताराकुमारी आलेका आफन्तले उचित क्षतिपूर्तीको माग राख्दै आज जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएका छन् ।
पिडितहरुले आफुहरुलाई कुनै जानकारी नै नदिइ मृतकको शब उठाएपछि आन्दोलन गरेको बताएकाछन् । पिडितहरुले आज जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउँदै भोली देखि वीरेन्द्रनगरमा टिप्पर संचालनमा रोक लगाउने जनाएकाछन् ।
विज्ञप्तीमा सुर्खेतमा बढ्दै गएको दुर्घटनालाई हेर्दा मुलपानी चोक, मदानी चौर, पिपिरा, मेहेलकुना तथा छिन्चुमा टिप्पर कै ठक्करबाट ज्यान गएको अवगत नै छ । टिप्परको ओभरलोड, तिब्रगति, टिप्पर संचालन हुने निश्चित समय सिमा नहुँदा सुर्खेतमा टिप्पर आतंक दिनप्रतिदिन झनै भयाभह रुपले बढीरहेको उल्लेख छ ।
टिप्परको ठक्करबाट ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ती नदिएका कारण टिप्पर आतंक तत्काल बन्द गरि मानिसको ज्यान बचाउन सम्वन्धित निकायले उचित कदम चालोस भन्ने माग सहित सुर्खेत जिल्लाभर मिति २०७७ पौष २८ गतेदेखि अनिश्चितकालिन टिप्पर संचालनमा रोक लगाएको विज्ञप्तीमा उल्लेख छ ।
शुक्रवार वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर ठक्कर दिँदा ताराकुमारी आलेको मृत्यु भएको थियो ।
दुर्घटनाबाट मोटरसाईकल चालक शुभकालिका गाउँपालिका कालिकोटका चालक २६ वर्षीय दुर्गा शाही घाइते हुनुभएको थियो ।




Prawash Kumar Shakya । २८ पुष २०७७, मंगलवार १७:२२ बजे